सुनको मूल्यमा नयाँ कीर्तिमान

१४ दिने छोराको हत्या गरी फरार आलम पक्राउ

बारा । आफ्नै  १४ दिने छोराको हत्या गरी फरार रहेका बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोलका २५ वर्षिय नुर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

आलमलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

आलमले जेठ १४ गते बेलुका आफ्नै नवजात शिशु (१४ दिनको छोरा) को हत्या गरेर भागेका थिए। 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : १२ बजे