दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्तिको निधन

काठमाडौँ । विश्वकै सबैभन्दा लामो नाक भएका व्यक्तिको निधन भएको छ ।

टर्कीका मेहमेत ओज्युरेकको ७३ वर्षको उमेरमा निधन भएको हो । ओज्युरेकको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता छ । ओज्युरेकको नाक संसारमा अवस्थित कुनै पनि मानिसको नाक भन्दा ठूलो छ । उनको नाकले नै उनीलाई विश्वभर चर्चित बनाएको थियो  ।

विश्वकै सबैभन्दा लामो नाकको कीर्तिमान विगत ११ वर्षदेखि ओज्युरेकको नाममा छ ।  उनको नाम मार्च २०१० मा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो । उनको नाकको लम्बाइ ८.८ सेन्टिमिटर (३.४६ इन्च) रहेको थियो । उनको कीर्तिमान आजसम्म कसैले तोड्न सकेको छैन ।

यद्यपि, इतिहासमा सबैभन्दा लामो नाकको रेकर्ड थोमस भेडर्स (युके)को नाममा छ । थोमसको नाक लगभग १९ सेन्टिमिटर लामो थियो जुन अविश्वसनीय छ, तर उनी पनि जीवित छैनन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ४ : ४३ बजे