साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सातौँ अधिवेशनको तयारीमा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति

​​​​​​​काठमाडौँ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले आफ्नो  बाह्रौँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन  गर्नुभएको छ । 

समितिकाे वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन ज्येष्ठ २६ र २७ गते मेगा इभेन्ट भेन्यु प्रा.लि, बाफल, रिङ्गरोडमा हुन लागेकाे हाे । अधिवेशन उद्घाटनको लागि  बाग्मती प्रदेशका  मुख्यमन्त्री आउने कार्यक्रम रहेको समितिका  उपाध्यक्ष राजु सत्यालले जानकारी दिनुभयो  । अधिवेशनमा पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल हुने र   नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने सत्यालले बताउनुभयो । 

अधिवेशनका लागि अध्यक्ष दिलबहादुर श्रेष्ठको बार्षिक प्रतिवेदन, सचिव हेमराज श्रेष्ठको प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रदिप बस्नेतले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन लगायतका विषयमा सभामा छलफल हुने उपाध्यक्ष सत्यालले जानकारी दिनु भयो । अधिबेशनमा करिव १५ सय प्रतिनिधिले भाग लिनेछन् । 

​​​​​​​नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति ३९ सय गाडीहरु दर्ता भएको  नेपालकै दोस्राे ठुलो  हो । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजिकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ३ : ०२ बजे