काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खर्च कटौतीको बहनामा निर्वाचन आयोगका जिल्ला कार्यालय खारेज गर्न नहुने बताएका हुन् । थापाले उक्त निर्णय फिर्ता लिन माग गरे ।
जिल्लास्थित निर्वाचन कार्यालय खारेज गरेमा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भन्दै उनले १५ करोड बचत गर्नका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगिसकेका हो त ? भनेर प्रश्न गरे ।
सरकारले चालू खर्च कटौती गर्न २० भन्दाबढी सरकारी निकायहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयको इकाइको रुपमा राख्ने र निर्वाचन कार्यालय प्रदेशमा मात्र रहने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार २ : २२ बजे
प्रतिक्रिया