यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ मा बसको ठक्करबाट पैदल यात्री किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् । बा२ख ८४१३ नम्बरको बसले पैदल यात्री राईलाई  ठक्कर दिएको थियो । 

घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । 

बससहित चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिइसकेको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ११ : १० बजे