माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन गर्ने

काठमाडौँ ।  घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । 

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ जारी गर्न लागेको हो ।यसले १ सय अङ्कित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपिओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपिओ सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । 

यसमा ४ असारसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपिओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ । घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैङ्किङले गर्नेछ । 

लगानीकर्ताले सी आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको सङ्केत गर्छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ११ : ०४ बजे