काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्षको २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको उक्र छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताउनुभएकाे छ ।
बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरुले हेर्ने भन्दै उहाँले तर, बजेटले लिएको लक्ष्य पूरा नहुने जिकीर गर्नुभयाे ।
नीति तथा कार्यक्रममाथिको छलफलमा आफूहरुले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै उहाँले अघिल्लो वर्ष ल्याइएको बजेटले लिएको लक्ष्य पूरा गर्न नसकेको बताउनुभयाे ।
प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार ४ : ११ बजे
प्रतिक्रिया