आज वर्षाको सम्भावना

मेला हेरेर फर्कंने क्रममा भिरबाट लडेर २४ वर्षीय युवकको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१  कल्खे गाउँका दानीको  मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताउनुभयो । 

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए । सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताउनुभयो ।  दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : ५७ बजे