सेयर बजारमा ५३ अंकको वृद्धि

काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार उच्च अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अकंलृे बढेर १९१९.३७ बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँको कारोबार भएको छ ।

आज शेयर बजार बढेसँगै पाँच कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र महुली लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्यमा सर्किट लागेको हाे । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : २६ बजे