यस्तो छ आजको विनिमय दर

मलेसियासँगको शृंखला उपाधि नेपाललाई

काठमाडौं । मलेसियासँगको टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ ।

आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।  नेपालले श्रृंखला ३–२ ले जितेको हो । 

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो । 

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले े ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।
 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १ : ४८ बजे