यस्तो छ आजको विनिमय दर

लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित

काठमाडौँ । लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम खेलमा पराजित भएको छ ।   

दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । यद्यपि, लिग वानको उपाधि भने पिएसजीले उचालेको छ ।

शनिवार राति पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औँ मिनेटमा सर्जियो रामोस रामोसले गोल गर्दै पिएसजीलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए र त्यसको केही मिनेटमा नै २१औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारिदिए । तर, २४ औँ मिनेटमा क्लेरमन्टफर्टका जोहान गास्टिनले गोल फर्काएपछि खेल २–१ को स्थितिमा रहन पुग्यो । पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल थपे पछि पहिलो हाफको खेल २–२ गोलको बराबरीमा टुङ्गियो । 

उता, दोस्रो हाफको ६३ औँ मिनेटमा ग्रिजोन केयईले गोल गरेपछि पिएसजीलाई पछि पार्दै क्लेरमन्टफर्टले ३–२ को अग्रता लियो । त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी लिग वानको अन्तिम खेलमा पराजित हुन पुग्यो । पराजित अवस्थामा पिएसजीले लिग वानको उपाधि उचालेको छ ।  

साथै, लियोनेल मेस्सी र रामोसको पिएसजीबाट यो अन्तिम खेल थियो किनभने मेस्सी र रामोसले यस सिजनबाट पिएसजी छाडने निर्णय यसअघि नै गरिसकेका छन् । मेस्सी साउदी क्लबसँग आबद्ध हुने चर्चा परिचर्चाका बीचमा मेस्सीले  पिएसजीबाट अन्तिम खेल खेलेका छन् । 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : २२ बजे