यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुदैँछन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार दशरथ रङ्गशालामा दुई वटा खेल हुनेछन् भने एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक(एक खेल हुनेछन् । 

एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा खुमलटार र सङ्कटा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, दिउँसो ३ः०० बजे नै च्यासल मैदान, ललितपुरमामा नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लबका बीचमा भिडन्त हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा न्युरोड टिम र हिमालयन शेर्पा बीचमा प्रतिस्पर्धा हुनेछ, जुन खेल ३ः०० बजेबाट सुरु हुनेछ  ।

रङ्गशालामा नै हुने दोस्रो खेल भने साँझ ६ः०० बजेबाट सुरु हुनेछ । जुन खेलमा फ्रेन्डस क्लब र मनाङ मर्स्याङ्दी आमुने सामुने हुनेछन् ।  

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : १७ बजे