काठमाडौं – नेपालमा १० वर्षको अवधीम १७ वटा जातजाती र १३ वटा भाषाहरु थपिएका छन् ।
राष्ट्रिय तथ्यांक कार्यलयले आज प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय जनगणना २०७८ ले नेपालमा १४२ जातजाती,१२४ भाषाभाषी र १० वटा धर्महरुलाई सुचिकरण गरेको छ ।
कार्यलयले अहिले केहीबेर अघि प्रेस विज्ञप्ती मार्फत यो तथ्यांक सावर्जनिक गरेको हो ।
यस विषयमा विस्तृतमा अध्ययन गर्नका लागि यस लिंकमा हेर्नुहोस्:-
प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १० : २२ बजे
प्रतिक्रिया