राजमार्गमा दृष्य एक, पीडा अनेक

रविदेखि बालेनसम्मको भारतयात्रा संयोग या सल्लाह ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चारदिने भारत भ्रमणका क्रममा हाल भारतमा छन्।

उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए। प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन्।

उनले शुक्रबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय विद्युत व्यापार सम्बन्धि विभिन्न सम्झौता समेत गरेका छन्।

अहिले प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणको तालिका अनुसार विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त छन्। शुक्रबार मध्य प्रदेशको इन्दोरमा पुगेका उनी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यही बुधबार प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारततर्फ लागेका थिए। उनको भारत भ्रमण निजी भएको बताइएका छन् ।

देशको प्रधानमन्त्रीदेखि संसदको चौथो शक्ति रहेको दलका सभापति लामिछाने भारतमै रहेका बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारत लागेका छन्। उनी बिहीबार भारततर्फ लागेका हुन्।

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री दाहाल, संसदको चौथो दलका सभापति लामिछाने र काठमाडौं महानगरकै मेयर भारतमै पुग्नु आकस्मिक हो या योजनाबद्ध भन्ने तर्क यत्तिखेर नेपालमा भुलिएको छ । यसलाई लिएर कतिपयले सामाजिक सञ्जालमा अनौठो संयोग हो या सल्लाह भन्दै प्रश्न समेत गरिरहेका  छन्।

रास्वपाका सभापति लामिछाने पारिवारिक कामले पत्नी निकिता पौडेलसँग भारत गएका हुन्। उनी अहिले पारिकारिक कामले भारतको मुम्बईमा छन्। उनी सोमबार स्वदेश फर्कने बताइएको छ।उनको भारत भ्रमण विशुद्ध पारिवारिक भएको रास्वपाले जनाएको छ। 

महानगर प्रमुख शाहले उपमेयर सुनिता डंगोललाई कार्यबाहकको जिम्मेवारी सुम्पेर भारत तर्फ लागेका हुन्। उनी पत्नी सविना काफ्ले सहित भारतको बैंगलौरमा व्यक्तिगत कामका लागि हिँडेका हुन्। उनको स्वदेश फर्कने समय बारे केही बताइएको छैन।

काठमाडौं महानगरले पनि मेयर शाह व्यक्तिगत कामका लागि भारत गएको बताएको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ४८ बजे