माथिल्लो मनाङमा हिमपात

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ  । नेपाली बजारमा आज पनि सुनको मूल्य नयाँ उचाइ पुगेको छ। 

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन  प्रतितोला  १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। 

यो साता मात्रै सुनको मुख्य तोलामा ५ हजार रुपैयाँले बढेको छ। गत शुक्रवार प्रतितोला छापावाल सुन १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।  

सरकारले सुनको भन्सार दर बढाएका कारण सुनको मूल्य लगातार बढिरहेको छ। 

त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो। 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ११ : ३६ बजे