दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अत्यधिक गर्मीका कारण रौतहटका विद्यालय एक हप्ताका लागि बन्द

रौतहट । अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ । 

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरेअनुसार आजबाट विद्यालय बन्द भएका हुन । 

सो समन्वय इकाई प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन दिए पछि आजबाट विद्यालय बन्द हुन लागेका हुन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध आएपछि विद्यालय बन्द गर्नुपरेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ। 

हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ३१ बजे