सुनको मूल्यमा नयाँ कीर्तिमान

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान आजबाट सुरु हुदैँछ ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पूर्व गृहमन्त्री खाँड र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो । 

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री टोप रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बिहीबार बयान लिइएका थियो ।  

आज खाण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजबाट सुरु हुनेछ । महर्जनले बिहीबार मात्रै आत्मसमर्पण गरेका थिए । सो प्रकरणमा मुछिएकाहरूको बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ०५ बजे