राजमार्गमा दृष्य एक, पीडा अनेक

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजा अर्चना गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्य प्रदेशको उज्जैन जाँदै हुनुहुन्छ । 

चार दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूर्जाअर्चना गर्नुहुनेछ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ः०० बजे मन्दिरमा पुग्नुहुनेछ । त्यसपछि उहाँले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजा अर्चना गर्नुहुनेछ ।

नेपालका प्रधानमन्त्रीको ‘अति विशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घण्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।

यस क्रममा आज बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भ गृहमा भक्तजनहरूलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारी मात्र गर्भ गृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महाराष्ट्रस्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्नुहुने भएपछि मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : ०४ बजे