साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गर्मीले सिराहाको जनजीवन प्रभावित, लाहानमा आजबाट विद्यालय बन्द

सिराहा । पछिल्लो केही दिनदेखिको अत्यधिक गर्मी बढेसँगै सिराहासहित मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ । 

करिब एक  सातादेखि आत्याधिक रूपमा बढेको गर्मीका कारण जिल्लाको सिराहा, लाहान, गोलजार,र मिर्चैयासहित मधेस प्रदेशकै जनजीवन प्रभावित भएको हो । 

एक सातादेखि लगातार बढिरहेको गर्मीका कारणले जिल्लाको सिराहा, लाहान, गोलबजार, रमिर्चैया बजारहरूमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरू बताउँछन् । 

एकातिर देशमा आर्थिक सङ्कट र अर्को तिर आत्याधिक गर्मीका कारण व्यापारीहरू मार्कामा परेको गोलबजार उद्योग व्यापार सङ्घका अध्यक्ष विजय साहले बताउनुभयो। उहाँले भन्नुभयो,  ‘देशले आर्थिक सङ्कट झेलिरहेको अवस्थामा गर्मी बढेसँगै बजारहरूमा किनमेल गर्न आउनेहरूको चहलपहल समेत घटेको छ भने ‘व्यापारमा मन्दी छाइरहेको बेला गर्मीले पनि बाँकी राखेन, यसले व्यापारमा ठुलो क्षति पुगेको छ ।’

अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन्। 

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दै  आजदेखि २६ जेठसम्म एक साताको लागि पालिकाभित्रका सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द उल्लेख गरेको छ।

गर्मीका कारण विद्यालयहरूमा बालबालिका बेहोस हुने, ज्वरो आउने, पेट दुख्ने लगायतको लक्षणहरूको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो। 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ६ : ५९ बजे