सुनको मूल्यमा नयाँ कीर्तिमान

जुस खुवाएर भारतीयले गरे लुटपाट

कञ्चनपुर – कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय नागरिक चोरी गरेर फरार भएका छन् ।

भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् । दुई दिन अगाडि प्वालीको घरमा कोठा भाडामा लिएर बसेका भारतीयहरूले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बुधबार राति घरमा छोरा भएको भन्दै सबैलाई जुस खुवाएर बेहोस बनाइ लुटपाट गरेको प्रहरीले बताइएको छ ।

जुस खाएर बेहोस भएका उक्त परिवारका सातै जनालाई महेन्द्रनगरस्थित महाकाली अस्पताल लगिएको प्रहरीले जनाएको छ । अहिले सबैजनालाई होस आइसकेको र ४ हजार नगदसहित १० आनाको सुनको तिलहरी चोरी भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

चोरीको पूर्ण विवरण भने आइ नसकेको प्रहरीले बताएको छ । प्वाली परिवारलाई भाडामा बस्न आएका भारतीयको नाम ठेगाना केही पनि थाहा छैन । कञ्चनपुर प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ५३ बजे