बढ्यो सुनको मूल्य

काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको हो । 

महासंघका अनुसार आज तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको छ ।  

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९०० कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढाएको छ । आज चाँदीको मूल्य १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  १२ : ४९ बजे