रावाइनर्जीको आइपिओ  सर्वसाधारणका लागि आजदेखि खुला 

काठमाडौँ । रावाइनर्जी डेभलपमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ । 

कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आइपिओ जारी गरेको हो । जसमध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । 

यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरिसकिएको छ । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो ।

जारी आइपिओ मध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । 

सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ भने यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ३४ बजे