यस्तो छ आज तरकारी र फलफूलको मूल्य 

काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँ, मटर कोसा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ , न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३२० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, ताजा माछा ९रहु० ३३० रुपैयाँ, ताजा माछा(मुंगरी) ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ०६ बजे