आज वर्षाको सम्भावना

राष्ट्रपति पौडेलका कारण नेपालमा ऐतिहासिक दुर्घटना निम्तिने : अधिवक्ता नेपाल

काठमाडौं। अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका कारण नेपालमा ऐतिहासिक दुर्घटना निम्तिने दावी गरेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रप्रति घात गरेको बताउँदै देशमा ऐतिहासिक दुर्घटना निम्तिने दावी गरेका हुन्  ।

उनले भने ‘नागरिकता विधेयक प्रमाणीकरण शवदाह गरेको ठाउँबाट व्युँतिएर आएको छ । यो ऐतिहासिक दुर्घटना निम्त्याउने गरि गरिएको काम हो । ऐतिहासिकता राष्ट्रको आागमनमा साँझ परेको छ । राष्ट्रपति भनिएको राष्ट्रघाती एकजना व्यक्ति छन् । तिनी मात्र हैन यसलाई स्वीकार्ने सबैजनाले यसको दुर्भाग्यता व्यहोर्नुपर्छ । यसलाई छलफल समेत नगराई चोरबाटोबाट ल्याउने काम गरियो । ’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलमार्फत बुधबार नै नागरिकता विधेयक प्रमाणीकरण गराएर भारत भ्रमणमा निस्केका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ४ : ४६ बजे