यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ३०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरिलो प्रतिकेजी १५०, काउली स्थानीय प्रतिकेजी मूल्य ७०, आलु रातो ३९ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रु १००, डल्ले च्याउ प्रतिकेजी २७० रुपैयाँ , न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो ११०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ,  ताजा माछा(रहु) ३३०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ९ : ३० बजे