काठमाडौं – पूर्वप्रहरी कर्मचारी संगठन सुनसरीले इनरूवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ।
जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारले आम माफी दिएको भन्दै इनरूवा बस चोकमा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन्।
प्रहरी उच्च अधिकारी सहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्वप्रहरी कर्मचारी पहलबहादुर कटवालले बताउनु भयो ।
पुत्ला दहन कार्यक्रममा प्रदर्शनकारीले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनु मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए।
प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार ९ : २१ बजे
प्रतिक्रिया