सुनको मूल्यमा नयाँ कीर्तिमान

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

मल्लले लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताउनुभयाे । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ ।

प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताउनुभयाे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  २ : २४ बजे