२० वटा संस्थान खारेज

काठमाडौं – सरकारले २० वटा संस्थान खारेज गरेको छ। 

संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा संस्थान खारेज गरेको बताए। 

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उनले बताए।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ३६ बजे