सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

टिकापुर घटनाको पुनः छानबिन हुनुपर्छ  : रेशम चौधरी

काठमाडौँ । आज जेलमुक्त हुनुभएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाउनुभएको छ । 

डिल्लीबजार कारागारबाट जेलमुक्त भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि पुनः प्रक्रिया सुरु गर्नुपर्ने जनाउनुभएको हो । उहाँ आज बिहान रिहा हुनुभएको हो ।

‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन हुनुपर्छ,’ जेलबाट रिहा हुँदै गर्दै उहाँले भन्नुभयो, ‘यो घटनामा निर्दोष कोही पर्नु हुँदैन, उहाँले भन्नुभयो, ‘टिकापुर घटना विशुद्ध राजनीतिक घटना हो । यो राजनीतिक घटनालाई नेपालका राजनीतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो भयो ।’ 

रेशम चौधरीलाई लिन उहाँकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरी डिल्लीबजार पुग्नुभएको थियो ।  जेलबाट रिहा हुँदा पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूल मालाले उहाँको भव्य स्वागत गरेका थिए । 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ९ : ०१ बजे