सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

सरकारको सिफारिसले १४ वर्ष अगावै रेशम चौधरी रिहा (तस्बिरहरू)

काठमाडौँ । रेशम चौधरी भए ६ वर्षपछि जेलमुक्त भएका छन् ।  

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनको बाँकी सजायमा आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको भोलिपल्ट नै चौधरी जेलमुक्त भएका हुन् ।

टिकापुर नरसंहारको दोषी ठहर गरेपछि जेल जीवन बिताइरहेका चौधरी गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरेपछि उनी २०९४ सालसम्म जेल बस्नुपर्ने थियो । तर, सरकारले गणतन्त्र दिवसको अवसरमा जेलमुक्त गर्ने निर्णय लिए पछि उनी १४ वर्ष अगावै जेलमुक्त भएका हुन ।

डिल्लीबजार कारागारबाट जेल मुक्त हुँदा उनको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताले फुल अबिर माला गरेका छन् । उनकी पत्निसमेत रहेकी मन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगेकी छिन् । उनी २०७४ फागुनमा पक्राउ परेका थिए । 

​​​​​​​

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ८ : ५३ बजे