आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ ।  

सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाइएको छ । 

‘अर्थमन्त्री डा.प्रकाशशरण महतले आ।ब २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आइएको छ । यो संवैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो । 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ७ : २१ बजे