काठमाडौँ । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामूहिक छलफल गर्नुहुने भएको छ।
प्रधानमन्त्री प्रचण्डले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा पूर्व प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्व परराष्ट्र मन्त्री लगायतसँग चरणमा छलफल गर्नुहुनेछ । जुन छलफल २ः०० बजेबाट सुरु हुनेछ ।
उहाँका अनुसार प्रधानमन्त्रीले दोस्रो चरणमा कूटनीतिक परामर्श गर्नुहुनेछ, जुन छलफलमा पूर्व परराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ । दोस्रो छलफल ३ः३० बजे हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदै हुनुहुन्छ ।
प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार ८ : ४९ बजे
प्रतिक्रिया