सडक यातायात क्रमशः सहजतातर्फ

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिउँसो १ः०० बजे बस्नेछ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ७ : १३ बजे