सडक यातायात क्रमशः सहजतातर्फ

आजको मौसम: यी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ९गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राती भने कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० जेठ १४ गते (आइतबार)
दिउँसोː
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː कोसी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरूमा आंशिक बदली रहनेछ।

२०८० जेठ १५ गते (सोमवार)
दिउँसोː
कर्णाली र सुदूरपश्चिम प्रदेश सहित लुम्बिनी, गण्डकी, बागमती र कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली, र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०८० जेठ १६ गते (मङ्गलवार)
दिउँसो:
सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी र कोसी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ६ : ५९ बजे