आज वर्षाको सम्भावना

यस्तो छ पशुपतिनाथको जलहरीबारे महालेखा परीक्षकको प्रतिवेदन

​​​​​​​काठमाडौ । नेकपा माओवादी केन्द्रका ​​​​​​​सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ । पशुपतिनाथ मन्दिरको जलहरीमा सुनको सट्टा पित्तल राखेको आरोप पुष्टि गर्न चुनौती दिँदै सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदनले जलहरी बनाएर बाँकी सुनको प्रयोगबारे प्रश्न समेत उठाएको थियो । 

महालेखाले पशुपति शिवलिङ्गको गर्भगृहलाई पूर्णरूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यको लागि सो वर्ष नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड ११ हजारमा खरिद गरेको उल्लेख गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्रामसमेत प्रयोग गरी १०७ किलो ९२४.७५ ग्राम सुन कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ । रिङ्ग बनाउन प्रयोग भएको सुनको मूल्य ७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेश नगरेको महालेखाले लेखेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ३ : ३३ बजे