दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए

इस्लामावाद – उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ । 

उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाले बताएका छन् ।

 नियमित सुरक्षा जाँच भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम विष्फोट गराएको थियो । आक्रमणमा अन्य दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । उक्त आक्रणको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन । 

मङ्गलबार बिहान पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका थिए ।  

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको  इन्धन उत्खनन कम्पनीमा आतङकवादीले गरेको हमलामा  चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको थियो । 

रासस/ सिन्ह्वा

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ४८ बजे