एमालेको सचिवालय बैठक सुरु

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ 

​​​​​​​काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  

राष्ट्रपति भवन शीतल निवासमा आज  आयोजित विशेष समारोहमा मन्त्री महतो र राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री महतो र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राज्यमन्त्री प्रमीला कुमारी शपथ लिनुभएको हो । 

प्रधानमन्त्रीको सिफारिसमा मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम उहाँहरूलाई मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ०५ बजे