एमालेको सचिवालय बैठक सुरु

नवनियुक्त मन्त्रीहरूको शपथ आज

काठमाडौँ  । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुदैँछ । 

राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।  

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १०ः०० बजे हुनेछ ।

प्रधानमन्त्रीको सिफारिसमा मङ्गलवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गर्नुभएको थियो । 

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ०६ बजे