एमालेको सचिवालय बैठक सुरु

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौँ । आजका लागि सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको छ ।

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ः०० बजे संयुक्त बैठक बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर सङ्घीय संसद्को संयुक्त बैठक आह्वान भएको जानकारी दिनुभयो ।

महासचिव गौतमद्वारा जारी सूचना अनुसार आज दिउँसो ४ बजे संयुक्त बैठक बोलाइएको छ । बैठकमा संयुक्त समिति (कार्य सञ्चालन)नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी  प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को संयुक्त बैठक आह्वान बारे जानकारी गराउनुभएको थियो। सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । 

प्रतिनिधिसभाको बैठक भने आज बिहान ११ः०० बजे बस्नेछ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ६ : ३१ बजे