सुनको मूल्यमा नयाँ कीर्तिमान

१२ वर्षीया बालिका बलात्कृत

काठमाडौं – मोरङमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३, खोरियाटोल बस्ने २० वर्षीय नवीन महरा रहेका छन् । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महराले ती बालिकालाई आफ्नै घरको कोठाभित्र लगेर बलात्कार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ९ : ०४ बजे