यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ । 

एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब एक आपसमा भिड्दै छन्, जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

उता, दिउँसो ३ः०० बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रङ्गशालामा हुनेछ । 

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ७ : २६ बजे