यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

लोकल गाजर ६५ रुपैयाँ, तराई गोलभेँडा ४० रुपैयाँ, सेतो आलु २९ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र ब्रोकाउली ७५ रुपैयाँ, लौका, तितो करेला र घिरौँला प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेँडा, लाम्चो भन्टा, तने बोडी र माछे खुर्सानी ३५ रुपैयाँ केजीमा किनबेच भइरहेको छ । 

उता, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, लोकल परवर ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चमसूर, सौफ र पालूगो साग ११६ रुपैयाँ ६७ पैसामा किनबेच हुदैँछ ।

 

यसैगरी, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्युरो र हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, तोरी र रायोको साग ४६ रुपैयाँ ६७ पैसा, बरेला १०५ रुपैयाँ, सेलरी १४० रुपैयाँ र पुदिना १८० रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ११ : ३८ बजे