धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

नक्कली भुटानी शरणार्थी प्रकरण : सबै १६ आराेपीलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले  नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना  आराेपीलाइ थप ३ दिन हिरासतमा  राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

जेठ ४ गते प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो । पक्राउलगत्तै उनीहरुलाई दुई दिन हिरासतमा राख्ने अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यससँगै सबै १६ जनाको आज म्याद सकिएसँगै प्रहरीले अदालतबाट पुनः तीन दिनको म्याद लिएको हो । 

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत पक्राउ परेका छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् । 

यो प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा  केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए ।  यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ५ : ३७ बजे