पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । पूर्वी रुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ७ : ०९ बजे