दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

डब्लुएचओको ७६ औँ महासभामा भाग लिन स्वास्थ्य मन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ ।   

उहाँका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना हुनुहुन्छ  ।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ९ : ०८ बजे