थेगिनस्कनु भीड बढेपछि भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीले गरायो बन्द

काठमाडौं । केही समयजदेखि सामाजिक सञ्जालमा भाइरल रहेको ‘सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । ‘असाध्यै भिड भएकाले हामीले शान्ति-सुरक्षाका कारण तत्कालका लागि बन्द गर्न निर्देशन दिएका हौँ,’ डीएसपी कुँवरले भने ।  गिरीकाे काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा रहेको कार्यालय आजबाट बन्द गरिएको हो ।

सामाजिक सञ्जालमा सिमान्त गुरु नामले चर्चित झापाका ४३ वर्षीय भरत केसीले दुई साताअघि मात्र तारकेश्वरमा आफ्नो कार्यालय सारेका थिए । त्यसअघि उनको कार्यालय कोटेश्वरमा रहेको थियो ।

केसीले ठाउँ सानो भएकाले  काठमाडौंको तारकेश्वर नगरपालिका-७ मा सरे पनि यहाँ पनि समस्या आएको बताए ।

‘उहाँले कम्पनी दर्ता र वडा कार्यालयबाट सिफारिससमेत निकालेर काम गरिरहनु भएको रहेछ । कसैबाट उजुरी परेर बन्द गरेको होइन । जिल्ला प्रशासनसँग समन्वय गरेर काम गर्नुस् भनेका छौं’, डीएसपी कुँवरले भने ।

केसीले ‘अलौकिक मनोवैज्ञानिक सास्ती ज्योतिषी प्राली’ नामक कम्पनी दर्ता गरेर काम गर्दै आएका थिए ।

बोल्न नसक्ने र हिँड्न नसक्ने व्यक्तिलाई छोएर मात्र होइन, हेरेको भरमा पनि निको पाल्न सक्ने दाबी केसीले गर्दै आएका छन् । भिडियो कलमा हेरेर समेत बिरामी निको पार्ने भनेपछि सामाजिक सञ्जालमा उनको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिले मानिसहरुलाई अन्धविश्वासमा राखेर ठगी धन्दा चलाएको भन्दै आलोचना पनि गरेका छन् । तर, पनि उनीकहाँ आउनेहरुको भिड घट्नुको साटो झन् झन् बढरहेको छ । टिकटकबाट व्यापक प्रचार गरेपछि केसीको शिविरमा मानिसहरु झुम्मिन थालेका हुन् । उनले विगत ८ महिनादेखि आफू यसमा केन्द्रीत भएर लागेको बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ३ : ३१ बजे