एमाले अध्यक्ष ओलीले आज स्थानीय तहका कर्मचारीहरूलाई प्रशिक्षण दिनुहुने

काठमाडौँ । स्थानीय तह कर्मचारी सङ्घले एक दिवसीय प्रशिक्षण गर्ने भएको छ । 

सङ्घले आज स्थानीय तहका कर्मचारीहरूका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । 

राष्ट्रिय सभागृहमा आज दिउँसो २ः०० बजे हुने प्रशिक्षण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुहुने सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले 'सुशासन (पारदर्शिता, उत्तरदायी, जबाफदेही, भ्रष्टाचारमा शून्य सहनशीलता, इमानदारता) गुणस्तरीय सेवा प्रवाह, सामाजिक सुरक्षा’ विषयमा स्थानीय तहका कर्मचारीहरूलाई एक दिवसीय प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ८ : ३८ बजे