दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मोटोपनाले पनि झर्छ कपाल, कसरी ?  जानी राख्नुहोस् !!

काठमाडौँ । के मोटोपनले कपाल झर्छ ? अवश्य नै । अधिक तौलले शरीरलाई कपाल झर्ने लगायत धेरै तरिकाको जोखिममा राख्न सक्छ । 

हो, कपाल झर्नुको कारण तनाव, प्रदूषण वा अस्वास्थ्यकर खानपान मात्र होइन, बढ्दो तौलले पनि कपाल झर्ने गर्छ । मोटोपना र कपाल झर्ने बिचको सम्बन्ध के हो त ? यो बारेमा पनि जानौँ र कपाल झर्नबाट बच्ने केही टिप्सका बारेमा पनि बुझौँ । 

अधिक तौल र मोटोपनको स्वास्थ्य प्रभावहरुः
​​​​​​​स्वास्थ्य विज्ञहरू भन्छन् कि अधिक तौल भएका महिलाहरू विशेष गरी कपाल झर्ने जस्ता कपाल सम्बन्धी समस्याहरूबाट ग्रस्त हुन्छन् ।

फ्याटी फुड अर्थात् बोसोयुक्त खानाका कारण कपालको फोलिकल्स कमजोर हुन्छन् । सामान्यभन्दा बढी बोसो भएको आहार लिनुको कारण, कपालको फोलिकल स्टेम सेलहरूले नयाँ कपालहरू बढ्न र तिनीहरूलाई बढ्ने प्रक्रियालाई रोक्छ । यसले कपालको स्वाभाविक वृद्धिलाई मात्रै रोक्दैन, यसले कपालका सौर्न्दयमा पनि कुरूपता देखाउन सक्छ । 

के त्यहाँ मोटोपना र कपाल झर्ने  धेरै चिल्लोपना खाँदा स्टेम सेलहरू निर्माणमा कमी आउन सुरु गर्दछ । स्टेम कोशिकाहरू कमजोर हुनु भनेको चाँडै नै बुढ्यौली देखिनु पनि हो । जो मोटो छन् उनीहरूको कपालको फोलिकल स्टेम सेल चाँडै कमजोर हुन पुग्दछ र कपाललाई पुनर्जन्म हुनबाट रोक्दछ अर्थात् मोटोपनले नयाँ कपाल बढ्नबाट रोक्छ र कपाल बाक्लो हुन दिँदैन । र, कपाल बढ्ने प्रक्रियामा अवरोध ल्याउन सुरु गर्छ । 

कपाल झर्ने रोक्न के गर्ने:
कपाल झर्ने रोक्नको लागि पौष्टिक खाना र शारीरिक फिटनेसको साथसाथै तौल नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ । तपाईँ नियमित व्यायाम, हप्तामा एक पटक तेल मालिस, भिटामिन ई युक्त पूरक र स्वस्थ आहारमार्फत कपाल झर्न रोक्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ७ : २७ बजे