आजको मौसम : कोसी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

काठमाडौँ  । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । 

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल कोसी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

राती भने कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० जेठ ५ गते (शुक्रवार)
दिउँसोː 
कोसी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

रातीː  कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ ६ गते (शनिवार)
दिउँसोː
देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।

रातीː कोसी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० जेठ ७ गते (आइतबार)
दिउँसोː
कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

रातीː देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया  सफा रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : ४६ बजे