यस्तो छ आजको विनिमय दर

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ  । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन । 

जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुदैँछ । 

च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लब एक आपसमा भिड्ने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, रङ्गशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । 

उता, रङ्गशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ८ : ११ बजे